२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजना: श्रम, आर्थिक र जलवायु कूटनीति प्राथमिकतामा

अ अ+ अ-

काठमाडौँ । ओमानका लागि प्रस्तावित नेपाली राजदुत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार वर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेकी छिन् । 

मंगलवार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै उनले श्रम कूटनीति, आर्थिक साझेदारी र जलवायु कूटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेकी हुन् । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदुत राणाले नेपाल र ओमानबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै श्रम आप्रवासन दुई देशबीचको सम्बन्धको बलियो आधार रहेको उल्लेख गरिन् । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार हाल करिव २५ हजार नेपाली ओमानमा कार्यरत छन् । आफ्नो कार्यकालमा नेपाली श्रमिकको हकहित, सुरक्षा र सीप विकासलाई उच्च प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाइन् । 

राणाले ओमानको ‘भिजन २०४०’ सँग नेपालको प्राथमिकतालाई जोडेर आर्थिक कूटनीतिलाई अघि बढाउने योजना पेस गरिन्। कृषि, पर्यटन, रिन्युएबल इनर्जी र वैदेशिक लगानी भित्र्याउने क्षेत्रमा उनले विशेष जोड दिइन् । 

तेस्रो प्रमुख आधारका रूपमा उनले ‘जलवायु कूटनीति’लाई प्रस्तुत गरिन् । ओमानले जलस्रोत व्यवस्थापन र हरित ऊर्जामा गरिरहेको काम नेपालका लागि सिक्न योग्य भएको भन्दै उनले दुवै देशले जलवायु परिवर्तनको असर न्यूनीकरण र प्रकोप व्यवस्थापनमा सहकार्य गर्न सक्ने बताइन् । 

आफ्नो चार वर्षीय कार्य योजनालाई उनले चरणबद्ध रूपमा अघि बढाउने प्रस्ताव गरिन् । जसअनुसार सन् २०२७ सम्म आधार तयार पार्ने, २०२८ मा साझेदारी विस्तार गर्ने, २०२९ मा सम्भाव्य क्षेत्रमा काम गर्ने र २०३० सम्म उपलब्धिहरूलाई दिगो बनाउने लक्ष्य राखिएको छ ।  

0 Comments