२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको पन्जाबमा रेल दुर्घटना: ५ जनाको मृत्यु, ३० यात्रु घाइते

अ अ+ अ-

काठमाडौँ । पाकिस्तानको पन्जाव प्रान्तको मुल्तान जिल्लामा मंगलवार बिहान भएको भीषण रेल दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

कराचीबाट पेशावरतर्फ जाँदै गरेको ‘रहमान बाबा एक्सप्रेस’ रेलका १४ वटै डिब्बा लिकबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको हो । प्रहरी स्रोतकाअनुसार मंगलबार बिहान रेल दुर्घटनामा परेपछि घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्कालै नजिकैको अस्पतालमा पुर्‍याएर उपचार शुरु गरिएको छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनालगत्तै सो खण्डमा रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ । अलपत्र परेका यात्रुहरूलाई सुरक्षित रूपमा पेशावरसम्म पुर्‍याउनका लागि रेलवे विभागले अर्को विशेष रेलको व्यवस्था गरेको छ । 

घटनास्थलमा उद्धार कार्य जारी रहेको छ र भत्किएका रेलका डिब्बाहरू हटाउने काम भइरहेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ । प्रारम्भिक अनुसन्धानबाट रेल किन र कसरी लिकबाट बाहिरियो भन्नेकुरा स्पष्ट हुन सकेको छैन ।

 प्राविधिक त्रुटि वा लिकको खराबीका कारण यो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। सम्बन्धित अधिकारीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय टोली गठनको तयारी गरिरहेको जनाएका छन् ।

0 Comments