२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको कार्ययोजना: ‘श्रमिकमैत्री दूतावास र डिजिटल सेवा प्राथमिकता’

अ अ+ अ-

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलले दूतावासको सेवालाई पूर्ण डिजिटल बनाउँदै नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । 

बुधवार बसेको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियालाई केन्द्र बनाएर थप चार देशको गैरआवासीय कूटनीतिक जिम्मेवारी निर्वाह गर्दै श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

 प्रस्तावित राजदुत खरेलले विशेषगरी राहदानी (पासपोर्ट) वितरणमा भइरहेको झन्झट अन्त्य गर्न डिजिटल प्रणाली लागू गर्ने र घरदैलोसम्मै सेवा पुर्‍याउने योजना अघि सारे । उनले राहदानी तयार भएपछि सुरक्षित कुरियरमार्फत सीधै श्रमिकको आवास वा कार्यस्थलमा पठाउने र मोबाइल सन्देशमार्फत सेवाको अवस्थाबारे जानकारी गराउने प्रणाली स्थापना गर्ने बताए ।

श्रमिकको सुरक्षा र अधिकारका लागि उनले ‘शून्य लागत’ रोजगारी नीतिलाई कूटनीतिक एजेण्डाका रूपमा अघि सार्ने दृढता व्यक्त गरे । खरेलले कानूनी सहायताका लागि स्थानीय अधिवक्ताहरूसँग समन्वय गरी नि:शुल्क कानूनी परामर्श सेवा दिने र मलेसियाका जेलमा रहेका नेपालीको अवस्थाबारे परिवारलाई नियमित जानकारी गराउने संयन्त्र बनाउने योजना पनि सुनाए । उनले मलेसियाको कानूनी प्रक्रियालाई सम्मान गर्दै श्रमिक शोषणका घटनामा दूतावासले कडा हस्तक्षेप गर्ने बताए । 

उनले भने, ‘मलेसियाली रोजगारदातासँग लिखित प्रतिवद्धता गराएर स्वास्थ्य बिमा, सामाजिक सुरक्षा र बस्ने व्यवस्था सुनिश्चित गर्नेछु । साथै, पीडित श्रमिकका लागि तत्काल राहत दिन दूतावासको पहलमा अस्थायी आश्रयस्थल सञ्चालन गरिनेछ ।’

आर्थिक कूटनीतितर्फ उनले नेपालका अर्ग्यानिक उत्पादन (कफी, चिया, जडीबुटी) को बजार विस्तार र जलविद्युत तथा पूर्वाधार क्षेत्रमा मलेसियाली लगानी भित्र्याउने लक्ष्य लिए। आफ्नो कार्यकालभित्रै मलेसियामा रहेको नेपाल सरकारको आफ्नै जग्गामा अत्याधुनिक दूतावास भवन निर्माण सम्पन्न गर्ने उनको अर्को प्राथमिकता रहेको छ ।

0 Comments