२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा

अ अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३–८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । 

अघिल्लो वर्ष २०२–८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको छ । 

तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म नबिल बैंकले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५.३ प्रतिशतले बढेको छ ।

यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोवल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष भदौसम्म यो बैंकले १ अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म ४.०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । 

चालु वर्षको भदौसम्म यो बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको छ । नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यसैगरी सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७।३२ प्रतिशतले बढेको छ ।

चालु आवको सुरुवातमा अधिकांश बैंकले करोडौँ नाफा कमाए पनि एनआईसी एसिया बैक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको सञ्चित नाफा भने ऋणात्मक रहेको छ ।  तथ्यांकअनुसार एनआइसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक छ ।

हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको समेत सञ्चित नाफा ६४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ।

0 Comments