३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

अ अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् ।

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो ।

घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकको श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरिएको हो ।

साहारा समूहका संयोजक प्रकाश पौडेलले दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाताले छाएर काठ र ढुङ्गामाटोको प्रयोग गरेर दुई वटा घर निर्माण गरेको बताए । घर निर्माणका लागि काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए ।

समूहका १५ जना युवाले १० दिनसम्म श्रमदान गरेर अस्थायी आवास बनाएका हुन् । विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले आवास निर्माण गरिएको उनले बताए ।

त्यसैगरी, बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा पनि थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको संयोजक पौडेलले बताए ।

असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुर्‍याएको छ ।

विपद्बाट प्रभावित परिवारलाई पुन:स्थापना गर्न स्थानीयवासी, विभिन्न संघसंस्था र सहयोगी निकायले राहत तथा पुनर्निर्माणका काम गरिरहेका छन् ।

0 Comments