काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले बढेर ४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।




