३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानको पछिल्ला कामबाट आइसिसी प्रभावित छः सचिव पारस खड्का

अ अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन् । 

त्रिभुवन विद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभावमा पार्न सकिएको र एनपिएलले आइसिसीको मान्यता पाएको बताएका हुन् । आइसिसीको नो अब्जक्सन एक वर्षको रहेको र यसले जिम्मेवारी पनि बढेको उनको भनाइ छ । आइसिसीको स्वीकृति पाएसँगै फ्रन्चाइज टोलीले टेस्ट प्लेइङ नेसनका ठूलो खेलाडी ल्याउन सक्ने क्यानका सचिव खड्काको विश्वास छ । एनपिएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहेका पारस खड्काले आइसिसीको स्वीकृतिका लागि भरिएको फर्ममा ६ देखि ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको बताए ।

यो भन्दा अघि ६ जना मात्र विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । एसोसिएसट क्रिकेटलाई प्रवर्द्धन गर्न एक जना खेलाडी राख्न पाउने प्रावधान पनि रहेको उनी बताउँछन् । खड्काले हरेक टोलीले ७ नेपाली खेलाडी र चार विदेशी खेलाडी मैदानमा राख्न पाउने बताए । भविष्यमा आइसिसीको स्वीकृत चाडै पाउन सके फ्रेन्चाइज टोलीले सहज रूपमा खेलाडी राख्न पाउने उनको आशा छ । लिग सकिएको ६० दिनभित्र सबै रिपोर्ट पठाउनुपर्ने र अर्को सिजनका लागि अप्लाई गर्नुपर्ने प्रावधान रहेको उनी बताउँछन् । फ्रेन्चाइज टोलीले एउटा राम्रो खेलाडी भित्राउन कम्ती २ हजार डलरसम्म खर्च गर्नुपर्ने अवस्थामा रहेको र फ्रेन्चाइज टोली अहिले त्यो आर्थिक अवस्थामा नरहेको क्यानका सचिव पारस खड्काले स्पष्ट पारे ।

तथापि सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई स्टार ल्याउने प्रयासमा रहेको खड्काले बताएका छन् । आइसिसीको प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेको उनले सार्वजनिक गरे । क्यान सचिव पारसले डिसिजन रिभ्यु सिस्टम (डिआरएस) राख्ने बारे अझैँ टुंगो लागि नसकेको तथापि नजिक रहेको स्पष्ट पारेका छन् । यसपल्ट पूर्वाधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य रहेको उनले बताएका छन् । यु–१९ महिला विश्वकपका लागि नेपालको तयारी हेर्न आइसिसीको टोली एक महिनाअगाडि मैदानको अवस्था निरीक्षणमा आएको थियो । उक्त टोलीले दिएको गाइडलाइन अनुरूप पनि पूर्वाधारमा स्तरोन्नती गरिएको क्यानका सचिव पारसले बताएका छन् । उनले मैदानमा दर्शकको क्षमतामा पनि केही मात्रामा बढ्नसक्ने आशा गरे । सबै गरेर १२ हजार क्षमता हुनसक्ने उनको भनाइ छ । 

0 Comments