१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाअष्टमीः जनकपुरको राजदेवी मन्दिरमा श्रद्धालुको घुइँचो

अ अ+ अ-

जनकपुर । विजयादशमीको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको राजदेवी मन्दिरमा दर्शनार्थीको जनसागर ओइरिएको छ ।

राजा जनककी कुलदेवीका रूपमा पुजिने राजदेवी माताको दर्शन र प्रसाद चढाउन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरू यहाँ जम्मा भएका छन् । महाअष्टमीको अवसरमा माता राजदेवीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यसै विश्वासका साथ शनिवार राति १२ बजेदेखि नै मन्दिर परिसरमा भक्तजनहरूको लाम सुरु भएको थियो । 

मन्दिर व्यवस्थापन समितिकाअनुसार बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लाग्ने क्रम जारी छ । राजदेवी मन्दिरको धार्मिक गरिमाका कारण जनकपुर मात्र नभई सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजनहरू यहाँ आउने गर्छन् । अष्टमीको दिन प्रसाद अर्पण गर्ने परम्परालाई विशेष महत्त्व दिइने भएकाले यहाँको चाप अन्य दिनको तुलनामा कैयौँ गुणा बढी देखिन्छ । 

श्रद्धालुहरूको अत्यधिक चापका कारण मन्दिर आसपासका मिठाई पसल र बजार क्षेत्रमा पनि उत्तिकै चहलपहल बढेको छ । स्थानीय प्रशासनले दर्शनार्थीहरूको सुरक्षा र सहज दर्शनको व्यवस्था मिलाउन सुरक्षाकर्मी परिचालन गरेको छ । राजदेवी मन्दिरमा हुने महाअष्टमीको यो विशेष पूजाआजाले जनकपुरको सांस्कृतिक सौन्दर्यलाई थप प्रगाढ बनाएको छ 

0 Comments