१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर प्रणालीमा पारदर्शिता बढाउन बिल लिने बानी बसाल्न दीपाश्री निरौलाको आह्वान

अ अ+ अ-

काठमाडौँ । अभिनेतृ दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन मद्दत पुग्ने बताएकी छन् । 

आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले उपभोक्ताहरूलाई सचेत भई खरिद बिल लिन आग्रह गरेकी हुन् । नियमित बिल लिने उपभोक्ताहरूमध्येबाट १६ जना सामान्य विजेता र एक जना मुख्य बम्पर विजेताको नाम सार्वजनिक गरिएको छ ।

कार्यक्रममा सहभागी एक उपभोक्ताले ३ हजार रुपैयाँ बराबरको खरिद बिलमार्फत १० लाख रुपैयाँको मुख्य पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेतृ तथा निर्देशक निरौलाले कर प्रोत्साहन प्रणालीमा कुनै पनि पक्षपात वा व्यक्तिगत पहुँच नचल्ने र पूर्ण रूपमा प्रविधिमा आधारित पारदर्शी प्रणालीले काम गरिरहेको बताइन् । 

अभिनेतृ निरौलाले भनिन्, ‘घोषणा भएका १६ जना विजेता र एक जना अहिलेसम्मकै ठूलो विजेता, जसले ३,००० रुपैयाँबाट १० लाख रुपैयाँ जित्नुभएको छ । कति राम्रो । सायद हामी पनि यो प्रक्रियामा आफैँ सहभागी भएको भए जित्न सक्ने रहेछौँ । त्यसकारण, यहाँ कसैलाई हेरेर यो मान्छे मेरो हो, त्यो मान्छे तेरो हो भनेर होइन, यहाँ त एकदमै व्यवस्थित रूपमा सिस्टमले काम गरिरहेको रहेछ । यो सिस्टममा सहभागी हुनका लागि हामीले बिल लिने काम गर्नुपर्ने रहेछ । त्यसकारण मलाई एकदमै धेरै खुसी लागेको छ । आज सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो आग्रह छ,आजैदेखि तपाईँहरू पनि सचेत हुनुहोस् । बिल लिनुहोस्, पैसा कमाउनुहोस् ।’

उपभोक्ताले आफ्नो दैनिक खरिदमा बिल माग्ने सानो प्रयासले नै ठूलो अवसर सिर्जना गर्न सक्ने बताउँदै निरौलाले आम नागरिकलाई बिल लिने संस्कार विकास गर्न अपिल गरिन् । ३ हजार रुपैयाँको सामान्य कारोबारबाटै १० लाख रुपैयाँसम्म जित्न सकिने तथ्यले सर्वसाधारणलाई वित्तीय अनुशासन र कर प्रणालीमा जोडिन उत्प्रेरित गर्ने उनको भनाइ छ ।

0 Comments