१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करदाता प्रोत्साहन कार्यक्रमः ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

अ अ+ अ-

काठमाडौँ । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । 

दशैँका अवसरमा नुवाकोटस्थित ‘एस।एस। फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौँको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए ।

विजेता घोषणा भए लगत्तै कलाकारद्वयले कार्यक्रम स्थलबाटै तामाङलाई टेलिफोनमार्फत १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए । सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन योजना भएको आश्वस्त पारेका थिए । आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार उपभोक्तामाझ बिल लिने बानीको विकास गर्न यो कार्यक्रम लागू गरिएको हो । 

असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रविष्ट गर्ने २ लाख ७५ हजार ८ सय ८४ र क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३ सय ८० गरी कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार यस प्रक्रियामा सहभागी भएका थिए । विभागले बम्पर उपहारका अतिरिक्त असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका १/१ जना गरी कुल १६ जना दैनिक विजेतालाई जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ (कर कट्टीपछि खुद १ लाख रुपैयाँ) समेत घोषणा गरेको छ । 

उनले भने, ‘असोज १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ जना वस्तु तथा सेवा खरिदकर्ताले आफ्नो बिल सिस्टममा प्रविष्ट गर्नुभएको छ । क्यूआर पेमेन्ट र बिलमार्फत सहभागी भएका कारोबारसमेत गरी आजको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जम्मा ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार समावेश भएका छन् । आज असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक–एक जना गरी १६ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नुहुनेछ । कर कट्टीपछि उहाँहरूको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ । साथै, एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्नुहुनेछ । विजेता बन्नुहुने सबैले आफूले सामान खरिद गर्दा प्राप्त गरेको बिलसहित कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार दाबी गर्नुपर्नेछ । अब हेरौँ, यो दसैँमा १६ जनाको बडादसैँ र एक जनाको महादसैँ बनाउने भाग्य कसको हुने रहेछ ।’

बम्पर विजेता सन्तमाया तामाङलगायत सम्पूर्ण विजेताहरूले दशैँ बिदा सकिएपछि आगामी कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजश्व कार्यालयमा पुगेर रकम दाबी गर्नुपर्ने विभागले जनाएको छ । 

0 Comments