काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगो भएको छ ।
गत वर्षको दसैँमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा विक्री भएकोमा अहिले यसको मूल्य प्रतिकिलो सयदेखि १७ सय रुपैयाँ १८ सय ५० सम्म पुगेको छ । नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व दसैँको मुखमा बजारमा खसीको मूल्य बढे पनि किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।
खसी व्यापारीहरूले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढी पहिरोपछि ग्रामीण क्षेत्रबाट खसी बोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन् । काभ्रेबाट खसी बोका विक्री गर्न आएका किसान बैनसिंह मोक्तानले खसी विक्री गर्न समस्या नभए पनि सोचेअनुसार मूल्य पाउन सकेका नसकेको गुनासो गरेका छन् ।
२ सय ५० वटा खसी ल्याएका व्यापारी मोक्तानले २ सय १० वटा विक्री गरिसकेका छन् । खसीको वजन हेरेर ७०० सयदेखि ९०० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको उनको भनाई छ ।
यता किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला उपभोक्ताले भने मासु पसलबाट १७०० सयदेखि १८ सय ५० रुपैयाँ प्रतिकिलो रुपैयाँमा किन्नुपरेको छ । मासु उपभोक्ता अमृत तिवारीले जिउँदो खसीको प्रतिकिलो ९ सयदेखि १ हजार र तयारी मासु १८ सय देखि २ हजार प्रतिकिलोको हिसाबले किनिरहेको बताएका छन् ।
दसैँका दुई सातामा उपत्यकामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसी बोका विक्री अनुमान गरिएको छ ।



