२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विजयादशमीले सत्य र न्यायको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ’ : पूर्व प्रधानन्यायाधीश रेग्मी

अ अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । 

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । 

 यस वर्षको चाडपर्व प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य बाढीपहिरो पीडितको आँसु पुछ्नु र जीवन सामान्य बनाउन हातेमालो गर्नु सबैको दायित्व भएकामा जोड दिएका छन् । 

 राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै उनले आ–आफ्नो क्षमताअनुसार पीडितलाई साथ दिन सबैमा आह्वान गरेका छन् । 

 पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रले मुलुकलाई अप्ठ्यारो पारेको अवस्थामा देशलाई कुनै न कुनै रूपले अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गर्दै त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

 जनताले बनाएको संविधान जनसहमति बिना बदलिन नसक्ने स्पष्ट पार्दै पूर्वध्यक्ष रेग्मीले जनताको मतबाट निर्मित संविधान र कानुनको शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको बताएका छन् ।  संविधानमा सुधारको आवश्यकता देखिएमा संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्ने र असहमतिको समाधान संवाद, संयम तथा विधिभित्र खोजिनुपर्नेमा उनको जोड छ ।

 विदेशमा रहेका लाखौँ नेपाली युवाको श्रम र पसिनाले देश चलेको भए पनि आफ्नै माटोमा सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले युवाको ऊर्जा, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र निष्पक्ष न्याय नै समृद्ध नेपालको आधार भएको बताएका छन् । 

 बिनातडकभडक सौम्य र निष्ठापूर्वक बडादसैँ मनाउन आग्रह गर्दै पूर्वअध्यक्ष रेग्मीले आपसी सद्भाव बढाउने, पारिवारिक मिलन गराउने र नयाँ पुस्तामा संस्कृति तथा मूल्य मान्यता हस्तान्तरण गर्ने यस पर्वले देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भनी कामना गरेका छन् । 

0 Comments