२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खसी बोका बिक्रीबाट आम्दानी गर्दै फत्तेपुरका महिला किसान, दसैँ मनाउन आर्थिक जोहो 

अ अ+ अ-

बाँके ।  जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसी बोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । 

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिएकी छन् । 

“महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ, अध्यक्ष शाहले भने, “यो वर्षको दसैँ–तिहारमा एक हजार ५०० खसी–बोका बिक्री गर्ने लक्ष्य रहेको छ ।”

व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रूपमा बाख्रा पालन गर्न थालेपछि बाँकेमा खसी–बोका उत्पादनमा वृद्धि भएको अध्यक्ष शाहको भनाइ छ । किसान महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उनले जनाए । 

गाउँमा महिला समूहमा आबद्ध हुनेहरूले घरमा पालेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनीहरू मुक्त भएको अध्यक्ष शाह बताउँछन् ।  

यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँ–तिहारमा उल्लेख्य सङ्ख्यामा खसी बोका बिक्री गरेर चाडपर्व मनाउने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन् ।

विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसी–बोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसी–बोका बिक्री हुँदै आएका छन् । 

प्रबन्धक गुरुङका अनुसार अन्य समयमा भन्दा दसैँ तिहारको समयमा खसी बोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको छ । हाल सहकारी आबद्ध किसानसँग रु ६०० प्रतिकिलोका दरले खसी बोका खरिद गर्ने र रु ५० प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ । सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार ५० किसान महिला सदस्य रहेकामा करिब छ सयले बाख्रा पालन गर्दै आएका छन् । 

सहकारीबाट खसी–बोका तथा बाख्रा पालनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताए । 

0 Comments