३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी

अ अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकाबाट बडादशैँ मनाउन १० लाखभन्दा बढी नागरिक आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । बडा दशैँको महानवमीका दिनसम्म उपत्यकाबाट सार्वजनिक बस, निजी सवारी तथा दुई पाङ्ग्रे साधनमार्फत बाहिरिने नागरिकको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांकले देखाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा रहेका कारण हालसम्म कुनै ठूला दुर्घटना वा गम्भीर प्रकृतिका आपराधिक घटना नघटेको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अवनिनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै देशभर शान्ति सुरक्षाको अवस्था मजबुत रहेको र नागरिकहरू सुरक्षित तवरले आ–आफ्नो घर पुग्ने क्रम जारी रहेको बताए।

 दशैँमा यात्रुहरूको सहजता र सुरक्षाका लागि देशभर ४०८ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको र ती कक्षहरू २४ सै घण्टा सञ्चालनमा रहेको उनले जानकारी दिए। ती सहायता कक्षहरूमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसले यात्रुहरूका समस्या र गुनासो तत्काल सम्बोधन गरिरहेका छन् । प्रवक्ता काफ्लेकाअनुसार प्रहरीले यस पटक ‘यदि केही देख्नुहुन्छ भने, केही भन्नुहोस्’ भन्ने अवधारणा अनुरूप नागरिक सहभागितामूलक विशेष सुरक्षा अभियान सञ्चालन गरेको छ । यस अवधारणाअन्तर्गत सर्वसाधारणबाट नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा उल्लेखनीय रूपमा सूचना तथा खबरहरू प्राप्त भइरहेको र सोही आधारमा क्विक रेस्पोन्स टिम (क्युआरटी) लगायतका आकस्मिक ड्युटी टोलीहरू तत्काल खटिएर सेवा प्रवाह गरिरहेका छन् । 

उनले भने, ‘देशभरको शान्ति सुरक्षा अवस्था सामान्य र सुदृढ छ । बडादसैँको नवमीसम्म काठमाडौँ उपत्यकाबाट करिव १० लाखभन्दा बढी यात्रु विभिन्न सवारीसाधनमार्फत बाहिरिएको रिपोर्ट प्राप्त भएको छ । हालसम्म कुनै गम्भीर घटना, दुर्घटना वा अपराधको जानकारी प्राप्त भएको छैन । यस वर्षको विशेष सुरक्षा योजनाअन्तर्गत ‘इफ यु सि समथिङ, से समथिङ’ अभियानमार्फत नागरिकबाट सूचनाहरू प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको छ । देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ । कुनै शङ्कास्पद गतिविधि वा असामान्य घटना देखिएमा प्रहरीको १०० नम्बरमा खबर गर्न आम नागरिकलाई अनुरोध गर्दछौँ ।’

प्रहरीले चाडपर्वको समयमा कुनै पनि अस्वाभाविक, शंकास्पद वा आकस्मिक गतिविधि देखिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा तुरुन्त खबर गरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्‍याउन आम नागरिकलाई पुनः अनुरोध गरेको छ ।

0 Comments