३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वहरूलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । 

चाडबाडका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेकाअनुसार चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक क्रियाकलापबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । 

उक्त सहायता कक्षहरूबाट २४ सै घण्टा नागरिकलाई सेवा तथा सुरक्षा सहजीकरण प्रदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई व्यवस्थित र चुस्त बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयहरूमा कमान्ड सेन्टर स्थापना गरिएको छ । केन्द्रको एकीकृत सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिमार्फत स्थानीय आवश्यकता अनुसारका विशिष्ट योजनाहरू तर्जुमा गरी कार्यान्वयन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैगरी, चाडपर्वको समयमा राजमार्गहरूमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरेको छ । विशेष गरी काठमाडौँको नागढुङ्गा हुँदै चितवन जोड्ने सडकखण्ड र प्रमुख लोक मार्गहरूमा निगरानी तिब्र पारिएको काफ्लेले बताए। यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थानबिन्दुहरूमा नै चालकको अनुमतिपत्र, लागूपदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) को कडा जाँच शुरु गरिएको छ । साथै, यातायात व्यवस्था कार्यालय तथा प्राविधिक निकायहरूसँग समन्वय गरी गाडीको यान्त्रिक परीक्षण (मेकानिकल टेस्ट) गरेर मात्र लामो दूरीका सवारीसाधनलाई प्रस्थान अनुमति दिने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताए । 

उनले भने, ‘देशभरका सीमावर्ती क्षेत्रमा १०८ वटा नागरिक सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ । दशैँ मनाउन सीमापारिबाट आउने नागरिकलाई लुटपाट, ठगी तथा आपराधिक गतिविधिबाट जोगाउन र आवश्यक प्रहरी सेवा सहज रूपमा उपलब्ध गराउन यी कक्षहरू सञ्चालनमा छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा सुरक्षा व्यवस्था मिलाउन ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रदेश, उपत्यका तथा जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरी सुरक्षा योजना कार्यान्वयन भइरहेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका बस छुट्नुअघि चालकको अनुमतिपत्र जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण र सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । साथै, लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’

लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने कानूनी प्रावधानलाई कडाइका साथ कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

0 Comments