४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादसैँको टीका सुरु

अ अ+ अ-

काठमाडौँ । विजया दशमीको मुख्य दिन आज बडादसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

बिहान १०:२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत निकालेको हो ।  

विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउनका लागि साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडा दसैँको टीका ग्रहण गर्न सकिने बताइएको छ ।

बिहान १०:२६ बजेको साइत भए पनि टीका थाप्नका लागि टाढा टाढा जानुपर्ने नागरिकले बिहान दुर्गा विसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए ।  

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत आज बिहान ०८:४९ बजेका लागि समितिले तय गरेको थियो । 

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।

घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन् । टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका देखिएको छ । 

टीकाको मुख्य दिन आज भएपनि आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ । 

0 Comments