४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

अ अ+ अ-

रसुवा । यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो ।

लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

जिल्ला सदरमुकाम धुन्चे तथा स्याफ्रूबेँशीबाट दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । धुन्चेबाट ठूलो र सानो भार्खू, ब्राबल, ठूलो स्याफ्रू, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने होटल सञ्चालक लामाले बताए ।

लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकका लागि असोज र कात्तिक महिना अनुकुल भएको बताउँदै उनले भने, “अहिले यस क्षेत्रमा कुनै समस्या छैन, अतिथि सत्कारका लागि स्थानीय होटल व्यवसायी तयारी अवस्थामा छन् । अब ढुक्क भई लाङटाङ क्षेत्र घुम्नुहोस्, आनन्द लिनुहोस् ।”

गोसाईँकुण्ड गाउँपालिका–४ स्थित निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीयस्थल लाङटाङका वडाअध्यक्ष डुण्ढु ज्याङ्वा तामाङले सङ्घीय राजधानी काठमाडौँबाट नजिकको सुन्दर, शान्त र रमणीय लाङटाङ क्षेत्रको भ्रमण गर्न अनुरोध गर्दै पर्यटकको सेवामा स्थानीय सरकार र निकुञ्ज परिवार रहेको बताए ।

0 Comments