काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्।
नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार पछिल्लो २४ घण्टा कोशी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, बागमती प्रदेशमा १ जना र काठमाडौँ उपत्यकामा १ जना गरी ५ जनाको मृत्यु भएको हो ।
विवरणअनुसार घाइते भने सबैभन्दा बढी कोशी प्रदेशमा भएका छन् । कोशीमा १०८ जना घाइते भएका छन्। त्यस्तै, गण्डकी प्रदेशमा ८ जना, बागमतीमा २० जना, काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन्।
यसैगरी, मधेश प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा ६६ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ४९ जना घाइते भएको प्रहरीले जनाएको छ ।



