८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

अ अ+ अ-

एजेन्सी । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ । प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले उक्त क्षेत्रमा सैन्य कारबाही तीव्र बनाएको हो ।

इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनी बासिन्दालाई विस्थापित गराएको भोलिपल्ट उक्त घोषणा गरेको हो । रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापितहरूलाई घर फर्कन नदिइने बताएका छन् ।

शुक्रबार प्यालेस्टिनी सहरनजिकैको जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । हमासले आक्रमणको जिम्मेवारी नलिए पनि त्यसको प्रशंसा गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा सङ्लग्न पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उनले सन् १९६७ मा इजरायलले वेस्ट बैंक कब्जा गरेयताकै ठूलो स्तरको सैन्य कारबाही गर्ने संकेत गरे ।

इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकका इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ । निर्वाचनको दिन सबै स्थल मार्ग बन्द रहनेछन् ।

यसैबीच, प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ ।

इजरायली सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० स्थानमा कारबाही गरेको जनाएको छ । सेनाका अनुसार हमास र इस्लामिक जिहादजस्ता सङ्गठनसँग आबद्ध व्यक्तिसहित करिब ४० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ ।

हेब्रोनको एन देर बहा क्षेत्रमा सैनिकहरूले राति लाउडस्पीकरमार्फत बासिन्दालाई घर खाली गर्न निर्देशन दिएका थिए । स्थानीय ७० वर्षीय पसल सञ्चालक हिगाजी शावर अल–तमिमीका अनुसार उनकी ९० वर्षीया बिरामी सासूलाई समेत बोकेर सुरक्षित स्थानमा लैजानुपरेको थियो ।

इजरायलका दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गोलीकाण्डपछि अवैध संरचना भत्काउने आदेश दिएको बताए । उनले आक्रमणमा सङ्लग्न पक्षले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । इजरायली सेनाले कारबाही केही दिनसम्म चल्ने जनाएको छ । तर, नेतान्याहुको पछिल्लो अभिव्यक्तिले वेस्ट बैंकमा थप व्यापक सैन्य अभियान हुन सक्ने संकेत गरेको छ ।

0 Comments