९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अ अ+ अ-

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 

शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु हुने आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए । रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

यस प्रतियोगितालाई अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको छ । प्रथम हुने टोलीलाई मेडल प्रमाणपत्रसहित दुई लाख र दोस्रो हुने टोलीलाई मेडल प्रमाणपत्रसहित एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउने छन् । हिमालका सुन्दर ताल, विशाल पाटन र मनोरम दृश्यहरूबीच हुने यस प्रतिस्पर्धाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्ने विश्वास स्थानीयवासी र सरोकारवालाहरूले लिएका छन् ।

खेलकुदको उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवो पनि प्रदर्शन हुने र जसले गर्दा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो ।

खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम संकलन भइरहेको क्लबले जनाएको छ ।

रामारोशन क्षेत्र पछिल्लो समय पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिहरुका लागि पर्यटकीय गन्तव्य बनेको छ । त्यस्तै, रामारोशनमा पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरूको पहिलो रोजाइको गन्तव्य रामारोशन हो । अहिले दैनिक जसो सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू रामारोशन घुम्न आउने गरेका छन् । 

ठाउँ सुन्दर ,रमणीय र मनमोहक भएता पनि पर्याप्त पूर्वाधार बन्न नसकेको र पर्यटन क्षेत्रमा आउने जयगढ–रामारोशन सडक खण्ड निर्माण नहुँदा निकै सास्ती खेप्नु परेको पर्यटकहरूले गुनासो गर्ने गरेका रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए । 

रामारोशनलाई पहिलो गन्तव्य बनाएर धेरै जसो पर्यटकहरू पोखरा, चितवन, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पर्यटकहरू घुम्न आउने गरेका विकको भनाइ छ ।

‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रसिद्ध रामारोशनमा १२ ठूल्ठूला तालहरू र १८ वटा ठूला घाँसेमैदान रामारोशनका आकर्षण हुन् । रामारोशन धार्मिक र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण क्षेत्र मानिन्छ । धार्मिक रूपमा रामारोशन क्षेत्रमा विभिन्न देवीदेवताहरूको बास भएको र प्राचीन कालमा शिवपार्वतीले रामारोशनमा तपस्या गरेको किंवदन्ती रहेको छ । त्यसैले रामारोशनलाई देव, पुण्यभूमि पनि भनिन्छ ।

0 Comments