९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा…

अ अ+ अ-

तुलसीपुर (दाङ)। दङ्गीशरण गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो । तर, २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयले त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । 

हालसम्म यस विद्यालयबाट एसइईका चार वटा ‘ब्याच’का विद्यार्थीहरूले परीक्षा दिइसकेका छन् । परीक्षाको समग्र नतिजालाई हेर्दा एसइईका साथै कक्षा ८ को परीक्षामा पनि पश्चिम दाङकै सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारूले बताए । उनका अनुसार गत वर्षको एसइई परीक्षामा विद्यालयका ६ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका थिए भने ८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भएको थियो । 

शिक्षक तथा कर्मचारीहरू विद्यालयप्रति पूर्ण रूपमा जिम्मेवार भएमा सफल भइन्छ भन्ने उदाहरण दिन सफल भएको प्रअ थारुको भनाइ छ । २०७६ सालदेखि नै विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीका छोराछोरीहरूलाई अनिवार्य रूपमा यही विद्यालयमा पढाउने निर्णय गरेर लागू गरिएको छ । त्यसले गर्दा पनि विद्यालयले यो नतिजा ल्याउन सफल भएको उनको भनाइ छ ।

“मेरै छोरीले दुई वर्षअघि यही विद्यालयबाट एसइई दिएकी हुन्”, उनले भने, “अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत हुनुहुन्छ ।” 

विद्यार्थीहरूलाई गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्न विद्यालयमा प्रविधिको प्रयोग गरिएको छ । विद्यालयमा विषयवस्तुअनुसार अध्यापन गराउन तीन वटा स्मार्ट बोर्डको प्रयोग भइरहेको छ । साथै विद्यार्थीहरूको व्यावहारिक सिकाइका लागि एउटा विज्ञान प्रयोगशाला र अध्ययनका लागि  पुस्तकालयको व्यवस्था गरिएको छ । साथै विद्यालयको आफ्नै चमेना गृह पनि रहेको छ । जहाँबाट खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । 

शौचालयको समस्या 
विद्यालयले केही भौतिक पूर्वाधार र जनशक्तिको भने समस्या खेप्नु परेको छ । विद्यार्थी सङ्ख्या बढ्दै जाँदा भवनहरूको अवस्था तथा शौचालयको भने चरम अभाव देखिएको छ । छात्राका लागि दुई वटा र छात्रका लागि एउटा मात्र शौचालय रहेको छ । जसले गर्दा विद्यार्थीहरूले शौचालय जाँदा लाइन लाग्नुपर्ने अवस्था रहेको छ । 

शिक्षक तथा कर्मचारीहरूका लागि छुट्टै शौचालयको व्यवस्था छैन । हाल सोही विद्यालयमा दुई जना विद्यालय कर्मचारी र १५ जना शिक्षक कार्यरत रहका छन् । अहिले विद्यालयमा ४५० बढी विद्यार्थी अध्ययनरत छन् । 

विक्रम संवत् २०५२ मा स्थापना भएको उक्त विद्यालयलाई २०७६ सालदेखि स्तर वृद्धिको पहल थालिएको थियो । तत्कालीन गाउँपालिकाका शिक्षा समितिका संयोजक वीरबहादुर वलीका अनुसार एक करोड बजेट विनियोजन गरेर भवन निर्माण गरिएको थियो । त्यसपछि कक्षा थप गरेर अगाडि बढाइएको उनले बताए। उनका अनुसार जहाँ विद्यार्थी, त्यहाँ शिक्षक अभियान थालेर केही शिक्षकहरू पनि थप गरेपछि शिक्षामा सुधार आएको उनले बताए ।

0 Comments