९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

अ अ+ अ-

रसुवा । नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात नष्ट भएका बाढी प्रभावितको राहत, पुन:स्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो ।  

यसै सन्दर्भमा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितले  नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम संकलन गरी यही आइतबार सदरमुकाम धुन्चे ल्याएको प्रजिअ पाण्डेले बताए।

स्थलगत रूपमा संकलन गरिएका आवेदन फारामको अध्ययन तथा प्रमाणीकरण गरी निकालिने प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे । 

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमुख  माधव अर्यालले जानकारी दिए। प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ ।

0 Comments