९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

अन्तर्राष्ट्रिय पत्रिका ‘ग्लोबल फाइनान्स’ले वित्तीय स्रोत परिचालन, डिजिटल पहुँच विस्तार, नवप्रवर्तन, प्रविधिको प्रयोग र जोखिम व्यवस्थापनलगायतका आधारमा बैंकलाई सन् २०२६ को उत्कृष्ट बैंकका रूपमा सम्मान गरेको हो।

अ अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ।

बैंकले सन् २०२४ र २०२५ पछि सन् २०२६ मा पनि उक्त अवार्ड प्राप्त गरेको हो। यससँगै ग्लोबल आइएमई बैंकले लगातार तीन वर्ष अन्तर्राष्ट्रियस्तरको यो सम्मान प्राप्त गरेको छ। थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, दिगो कर्जा प्रवाह र प्रभावकारी जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको प्रमुख आधार बनाएको जनाएको छ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न वित्तीय संस्थालाई अलग–अलग विधामा सम्मान गरिएको थियो। सम्मानित हुने संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए।

बैंकका अनुसार ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गर्ने ग्लोबल आइएमई पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विभिन्न मूल्याङ्कनका आधारमा विश्वका केन्द्रीय तथा वाणिज्य बैंकहरूलाई सम्मान गर्दै आएको छ।

यसअघि पनि ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, सन् २०२४, २०२५ र २०२६ मा ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ।

बैंकले यो अन्तर्राष्ट्रिय सम्मानले सेवाको गुणस्तर सुधार, प्रविधिमैत्री बैंकिङ विस्तार र ग्राहक सेवामा थप सुधार गर्न प्रोत्साहन मिलेको उल्लेख गरेको छ। साथै, बैंकले आफ्नो प्रगतिमा योगदान पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकसहितका नियामक निकाय, शेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरेको छ।

मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ।

बैंकका अनुसार एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा उपलब्ध गराइँदै आएको छ। साथै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउने कार्यमा पनि बैंक सक्रिय छ।

0 Comments