९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई ६० लाखसम्म ऋण दिने प्रस्ताव, ब्याज सरकारले व्यहोर्ने

सरकारी कर्मचारीलाई पद तथा तहअनुसार दुई लाखदेखि ६० लाख रुपैयाँसम्म सवारी खरिद ऋण उपलब्ध गराउने तयारी, वार्षिक इन्धन र मर्मत खर्चसँगै आफैँ सवारी चलाउने उच्चपदस्थ कर्मचारीलाई चालकको तलब बराबर रकम दिने प्रस्ताव।

अ अ+ अ-

काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्याज अनुदानबापत आफैँ व्यहोर्ने व्यवस्था प्रस्ताव गरेको छ।

‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार गर्दै सरकारले कर्मचारीको पद तथा तहअनुसार सवारी खरिद ऋण, इन्धन र मर्मत खर्च उपलब्ध गराउने व्यवस्था अघि सारेको हो। प्रस्तावित व्यवस्थाअनुसार ऋणको ब्याज सरकारले व्यहोर्नेछ भने साँवा सम्बन्धित कर्मचारीले किस्ताबन्दीमा भुक्तानी गर्नुपर्नेछ।

निर्देशिकाको मस्यौदाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न अधिकतम ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन्। सहसचिव वा ११औँ तहका कर्मचारीका लागि ५० लाख र उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीका लागि ४० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

त्यस्तै, शाखा अधिकृत वा छैटौँदेखि आठौँ तहका कर्मचारीले दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न चार लाख रुपैयाँसम्म ऋण पाउनेछन् भने राजपत्र अनङ्कित तथा सहायक स्तरका कर्मचारीलाई दुई लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउने प्रस्ताव छ।

सरकारले सवारी खरिद ऋणसँगै कर्मचारीलाई पद तथा तहअनुसार वार्षिक इन्धन र मर्मत खर्चसमेत उपलब्ध गराउने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले वार्षिक एक लाख ४० हजार रुपैयाँ इन्धन खर्च र एक लाख रुपैयाँ मर्मत खर्च पाउनेछन्।

सहसचिव वा ११औँ तहका कर्मचारीलाई वार्षिक एक लाख २० हजार रुपैयाँ इन्धन र ७५ हजार रुपैयाँ मर्मत खर्च उपलब्ध गराउने प्रस्ताव गरिएको छ। उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीले इन्धनबापत वार्षिक एक लाख रुपैयाँ र मर्मतबापत ५० हजार रुपैयाँ पाउनेछन्।

यसैगरी, शाखा अधिकृत वा छैटौँदेखि आठौँ तहका कर्मचारीका लागि वार्षिक ४० हजार रुपैयाँ इन्धन र १५ हजार रुपैयाँ मर्मत खर्च प्रस्ताव गरिएको छ। राजपत्र अनङ्कित तथा सहायक स्तरका कर्मचारीले वार्षिक २५ हजार रुपैयाँ इन्धन र १० हजार रुपैयाँ मर्मत खर्च पाउने व्यवस्था मस्यौदामा समेटिएको छ।

प्रस्तावित निर्देशिकामा मुख्यसचिव, सचिव, सहसचिव तथा सोसरहका कर्मचारीले चालक राख्न वा आफैँ सवारी चलाउन सक्ने व्यवस्था पनि गरिएको छ। आफैँ सवारी चलाउने कर्मचारीलाई चालकको सुरु तलबमानबराबरको रकम उपलब्ध गराउने प्रस्ताव छ।

सरकारले सरकारी सवारीसाधनको दोहोरो प्रयोग नियन्त्रण गर्दै सञ्चालन तथा व्यवस्थापन खर्च घटाउने उद्देश्यले कर्मचारीलाई व्यक्तिगत सवारी खरिदमा प्रोत्साहन गर्ने नीति अघि सारेको हो। प्रस्तावित योजनामा सहभागी नहुने कर्मचारीका लागि कार्यालयमा उपलब्ध सवारीसाधन साझा रूपमा प्रयोग गर्ने व्यवस्था गरिनेछ।

यद्यपि, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा सरकारले विशेष पदस्थापनका रूपमा तोकेका पदमा कार्यरत कर्मचारीलाई सरकारी सवारीसाधन उपलब्ध गराउने व्यवस्था प्रस्तावित निर्देशिकामा उल्लेख छ।

निर्देशिकाको मस्यौदामा विद्युतीय, स्वदेशमै उत्पादित तथा नेपालमै एसेम्बल गरिएका सवारीसाधनलाई प्राथमिकता दिने व्यवस्था पनि समावेश गरिएको छ। विद्युतीय सवारीसाधनको प्रयोगलाई सहज बनाउन सरकारी कार्यालयहरूमा चार्जिङ स्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, कर्मचारीले खरिद गरेका सवारीसाधनको विवरण, ऋण सुविधा, किस्ता भुक्तानी तथा अन्य सुविधासम्बन्धी अभिलेख डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्ने व्यवस्था अघि सारिएको छ।

यो निर्देशिका संघीय निजामती सेवा, स्वास्थ्य सेवा, संसद् सेवा तथा तोकिएका अन्य सङ्घीय निकायका स्थायी कर्मचारीमा लागू गर्ने तयारी गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार कुनै कर्मचारीले गलत विवरण पेस गरी वा अन्य माध्यमबाट दोहोरो सुविधा लिएको पाइएमा त्यस्तो सुविधा रोक्का गरिनेछ। साथै, प्राप्त रकम असुलउपर गरी सम्बन्धित कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।

सरकारले कर्मचारीको सवारीसाधन व्यवस्थापनलाई व्यवस्थित बनाउँदै सरकारी सवारीको दोहोरो प्रयोग र सञ्चालन खर्च घटाउने उद्देश्यसहित निर्देशिका अघि सारेको हो।

0 Comments