९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर स्वदेश फर्किइन् भण्डारी

अ अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन्।

चारदिने चीन भ्रमणका क्रममा भण्डारीले हेबेई प्रान्तको स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजित फोरममा सहभागिता जनाउनुका साथै सम्बोधनसमेत गरेकी थिइन्।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)को आयोजनामा सम्पन्न फोरममा विभिन्न देशका राजनीतिक नेतृत्व, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी थिए।

फोरममा बदलिँदो विश्व व्यवस्थाका सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, विश्वव्यापी शासन प्रणालीमा सुधार तथा प्रविधिको विकाससँग जोडिएका चुनौतीबारे छलफल भएको थियो।

विशेष गरी साइबर क्षेत्र र अन्तरिक्षको शासन व्यवस्थापन तथा कृत्रिम बौद्धिकता (एआई)को सुरक्षित प्रयोगलगायत विषय सम्मेलनका प्रमुख छलफलका एजेन्डा थिए।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले आफ्नो चीन यात्रा औपचारिक भ्रमणभन्दा पनि सम्मेलनमा सहभागिता जनाउने उद्देश्यले भएको स्पष्ट पारिन्।

‘सबै कुरा सञ्चारमाध्यममा आइसकेको नै छ। यो भ्रमणभन्दा पनि जिजिआईको सम्मेलन हो। त्यसमा भाग लिन म गएको हो,’ उनले भनिन्, ‘त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ। चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ।’

भण्डारीले सम्मेलनमा आफूले राखेका धारणा लिखित वक्तव्यमार्फत सार्वजनिक भइसकेको उल्लेख गर्दै थप विवरण त्यहीँबाट प्राप्त गर्न सकिने बताइन्।

नेकपा (एमाले)को वरिष्ठ नेता बनेपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।

0 Comments