११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

अ अ+ अ-

काठमाडौँ। अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । 

२०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो । 

सडक खण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीलाई पटक-पटक काम अघि बढाउन ताकेता गर्दा समेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो ।

कुल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको थियो । ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ ।

यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने  ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ देखि काम अलपत्र परेका योजनाहरूको ठेक्का तोडिएको हो । तोडिएका ठेक्काहरूमा साँफे-मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी-कवाडी-बिच्छ्याँसैन सडक, मंगलसेन-सुवाखाँद-खेतगैरे-जुलिमारे-ढकारी सडक रहेका छन् ।

0 Comments