१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

अ अ+ अ-

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् ।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको  सेवामा रोक लगाएपछि  लिखित परीक्षा तथा सीप परीक्षा बन्द भएको हो । परीक्षा रोकिँदा पुन:सीप परीक्षा(रि–ट्रायल) दिने ८०० जनाको परीक्षासमेत रोकिएको छ । 

यस्तै, साप्ताहिक रूपमा रि-ट्रायल दिने र नियमित परीक्षा दिने करिब दुई हजार सेवाग्राही मर्कामा परेका हुन् । उनका अनुसार सो सेन्टरमा गरिएको ठेक्का रद्दगरी पुन:ठेक्का प्रक्रिया सुरु गर्न अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो । मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण बोलपत्र आह्वान गर्न नसकिएको उनले जानकारी दिए। उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमति पत्रको काम गर्न सकिएको छैन ।”

अहिले कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत कामबाहेक अन्य काम गर्न सकेको छैन । यहाँ ट्रायल सेन्टर सञ्चालनमा हुँदा एक पटकमा ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमति पत्रको लिखित तथा सीप परीक्षा दिने गर्दथे ।

0 Comments