१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी आवास गृह तीन दिनभित्र खाली गराउन निर्देशन

अ अ+ अ-

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ललितपुरको खुमलटारस्थित परिषद्अन्तर्गतका कार्यालयहरूमा रहेका कर्मचारी आवास गृहको व्यवस्थापन अघि बढाएको छ। 

परिषद्ले कर्मचारीले प्रयोग गरिरहेका आवास गृहको विवरण तीन दिनभित्र उपलब्ध गराउन र अनधिकृत रूपमा प्रयोग भइरहेका आवास ३५ दिनभित्र खाली गराउन मातहतका कार्यालयहरूलाई निर्देशन दिएको हो।

परिषद्को व्यवस्थापन बैठकले कात्तिक ११ गते गरेको निर्णयअनुसार खुमलटारस्थित सम्पूर्ण कार्यालयलाई आवास गृहसम्बन्धी विवरण संकलन तथा आवश्यक कारबाही अघि बढाउन पत्राचार गरिएको छ।

परिषद्का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा हाल आवास गृह प्रयोग गरिरहेका कर्मचारीहरूको नाम, पद तथा तहसहितको विवरण तीन दिनभित्र परिषदमा उपलब्ध गराउन भनिएको छ।

त्यस्तै, अनधिकृत रूपमा प्रयोग भइरहेका आवास गृहहरू ३५ दिनभित्र खाली गराउने निर्णय भएको पत्रमा उल्लेख छ।

परिषद्ले आवास गृहको प्रयोगसम्बन्धी विवरण अद्यावधिक गर्दै अनधिकृत प्रयोग नियन्त्रणका लागि सम्बन्धित कार्यालयहरूलाई आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको हो।

पत्रमा आवास गृह प्रयोग गर्ने कर्मचारीको विवरण उपलब्ध गराउने र अनधिकृत प्रयोगमा रहेका आवास खाली गराउने दुवै जिम्मेवारी सम्बन्धित कार्यालयलाई दिइएको छ।

0 Comments