काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा विराटनगर किंग्सका ओपनिङ ब्याटर लोकेश बमले आक्रामक अर्धशतक प्रहार गरेका छन्।
जारी खेलमा लोकेशले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले आफ्नो इनिङ्समा ६ छक्का र एक चौका प्रहार गर्दै विराटनगरको ब्याटिङ सम्हालेका छन्।
कर्णालीका बलरविरुद्ध सुरुदेखि नै आक्रामक देखिएका लोकेशले बाउन्ड्रीमार्फत रन जोड्दै टोलीको स्कोर अघि बढाएका हुन्।




