१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अगामी दशकलाई सामाजिक रूपान्तरणको दशक बनाउने गरी काँग्रेसले काम गर्नुपर्नेछ’ : विश्वप्रकाश शर्मा

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले अगामी दशकलाई सामाजिक रूपान्तरणको दशक बनाउने गरी पार्टीले काम गर्नुपर्ने बताएका छन् । 

बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले विद्यमान सामाजिक विकृति र विभेद अन्त्यलाई प्राथमिकतामा राखेर पार्टीले योजनाअनुरूप काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले पार्टीका नवनिर्वाचित केन्द्रिय सदस्यहरूलाई दौडधुपमा मात्र सीमित नभई जिम्मेवारीअनुसार परिणाममुखी काम गर्न आग्रह गरे । पार्टी केन्द्रको योजना र सभापतिको कार्ययोजना अनुसार काम गर्नुपर्ने उनको भनाइ छ । शर्माले सामाजिक सञ्जालमा गलत सूचना आए विधिसम्मत प्रक्रियाबाट खण्डन गर्नुपर्ने तथा सामाजिक सञ्जाललाई समाज रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले पार्टीभन्दा पहिले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समेत बताए । उनले विश्वव्यापी जलवायु परिवर्तनको असर न्यूनीकरण, हिमाल संरक्षण र विदेशमा रहेका नेपालीका भावनालाई सम्बोधन गर्न सरकारसँग सहकार्य गर्न काँग्रेस तयार रहेको समेत बताए ।

उनले भने, ‘कोप ३१ आउँदै छ । सरकारको प्रस्तुति, सरकारको तयारी पूरा प्रमाणका साथ राम्रो ढंगले हुन सकोस् । जलवायु परिवर्तनसँग जुझ्दै गर्दा नेपालको हिमालको रक्षा गर्नुपर्ने सबैभन्दा प्रधान दायित्व छ । यो दायित्वमा जुध्नका लागि हामी सरकारको साथमा छौँ । हाम्रो देशका कयौँ नागरिक जीवन खोज्नलाई परदेशमा छन्, डायस्पोरामा छन् । तिनको भावनालाई पनि कसरी सम्बोधन गर्ने, हामी त्यो विषयमा पनि गम्भीर छौ ।  देशका सामुन्ने सामाजिक रूपान्तरणको असरल्ल मुद्दाहरूलाई हामीले काँधमा बोक्नु छ ।’

उनले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन (कोप-३१)को लागि प्रभावकारी तयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराए । 

0 Comments