१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाटै प्रहरी नियन्त्रणमा

अ अ+ अ-

काठमाडौँ । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले बानेश्वरस्थित नेपाल प्रेस अनलाइनको समाचार कक्षबाट नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुवेदीलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा पुर्‍याएको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित प्रकाशित समाचारको विषयमा सोधपुछ गर्न सुवेदीलाई नियन्त्रणमा लिइएको बताइएको छ।

सुवेदीलाई नियन्त्रणमा लिन सादा पोसाकमा प्रहरी कर्मचारी नेपाल प्रेसको कार्यालय पुगेका थिए। उनलाई कार्यालयबाटै लगिएपछि घटनाबारे जानकारी लिन नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलसमेत साइबर ब्युरो पुगेका छन्।

साइबर ब्युरोको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुवेदीलाई उपस्थित गराएको हो। प्रहरीले समाचारसँग सम्बन्धित विषयका अतिरिक्त शान्ति सुरक्षाको पक्षसमेत जोडिएको जनाएको छ।

यसैबीच, नेपाल प्रेस अनलाइन सञ्चालन गर्ने नेपाल इप्रेस मिडिया प्रालिका अध्यक्ष विन्दुराज लम्साललाई समेत साइबर ब्युरोमा बोलाइएको छ।

सुवेदीलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषय स्पष्ट भइसकेको छैन। उनीविरुद्ध कुनै उजुरी परेको वा कानुनी कारबाही अघि बढाइएको सम्बन्धमा पनि थप विवरण सार्वजनिक भएको छैन।

0 Comments