१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार नियन्त्रणमा लिइएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न आग्रह

पक्राउको कारण र कानुनी प्रक्रिया स्पष्ट नभएको भन्दै काउन्सिलले पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारसम्बन्धी विवाद स्थापित विधिबाट समाधान गर्न आग्रह गरेको छ।

अ अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरी विभिन्न सञ्चारमाध्यममा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलले जनाएको छ।

काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारलाई नियन्त्रणमा लिनुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको तथा अदालतको अनुमति लिएको नदेखिएको उल्लेख छ। सार्वजनिक बिदा सुरु हुनुअघि लगातार दुई दिनसम्म पत्रकारलाई नियन्त्रणमा लिने कार्य भएको भन्दै काउन्सिलले त्यसप्रति आपत्ति जनाएको हो।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको काउन्सिलको ठहर छ। पक्राउको कानुनी आधार र प्रक्रिया तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई अविलम्ब रिहा गर्न काउन्सिलले आग्रह गरेको छ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भए वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी आफ्नो रहेको काउन्सिलले स्पष्ट पारेको छ। समाचारकै विषयमा प्रत्यक्ष प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा उसले जोड दिएको छ।

यसका लागि नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ। साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनप्रति काउन्सिल प्रतिबद्ध रहेको उल्लेख छ।

0 Comments