१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापी कार्यालयद्वारा ४८ लाख राजस्व संकलन

अ अ+ अ-

तुलसीपुर (दाङ) । दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व संकलन भएको छ । 

जसमा नक्सा बिक्रीबाट रु २२ लाख २९ हजार ४७५, फिल्ड रेखांकन तथा कित्ता एकीकरण सेवाबाट रु २४ लाख ८४ हजार २६५ र अन्य प्रशासनिक सेवा शूल्कबापत रु ९३ हजार ७२५ असुली भएको छ । 

कार्यालयले फिल्ड किताब उतारतर्फ एक हजार १७३ वटा निवेदनमध्ये शतप्रतिशत तामेली भएको छ भने क्षेत्रफल जाँचतर्फ ५४ वटै निवेदनको काम भएको सूचना अधिकारी खड्काले बताए ।

त्यसैगरी, नक्सा प्रिन्टतर्फ साधारण निवेदनमार्फत २२ हजार ३५ वटा र ‘मेरो कित्ता’ प्रणालीमार्फत २२७ वटा काम भएका छन् । सूचना अधिकारी खड्काका अनुसार फिल्ड  रेखाङ्कनका २५९ निवेदनमध्ये २३८ वटाको काम तामेली भएका छन् भने २१ वटा बाँकी रहेका छन् ।

त्यस्तै कित्ता एकीकरणका १२३ वटै निवेदनको शतप्रतिशत काम सम्पादन भएको छ । जग्गा कित्ताकाट सेवातर्फ अधिकांशको काम फर्छ्यौट भएको छ । राजीनामातर्फ प्राप्त तीन हजार ३६५ लिखतमध्ये  तीन हजार ३५७ वटाको कित्ताकाट तामेली भई आठ वटा मात्र बाँकी रहेका छन् । त्यस्तै अंशबण्डातर्फ ४४३ लिखतमध्ये ५४० वटा, अदालत फैसलातर्फ ५६ लिखतमध्ये ५४ र हालको बकसपत्रतर्फ ४१८ लिखतमध्ये ४१६ वटाको काम तामेली भएका छन् ।

कार्यालयले राजस्व अनलाइन प्रणालीबाट लिने गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई आवश्यक नक्सा अनलाइनमार्फत नै उपलब्ध गराउने गरिएको छ ।

0 Comments