१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

अ अ+ अ-

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरे खेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन् । बोट एकाएक पहेँलिने र मर्ने समस्या देखिएको माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले बताए। अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको उनले बताए ।

राम्रो आम्दानीको अपेक्षा गरेका राईको अकबरे खुर्सानी बगानमा एकाएक रोग देखा परेको हो । उनले बारीमा लगाएको अधिकांश बोट मर्न थालेका छन् । सुरुमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन सुरु भएसँगै पाक्ने बेलामा डढ्ने, कुहिने र बोट मर्न थालेपछि आफू चिन्तित भएको उनले बताए। 

राईले विगत दुई वर्षदेखि व्यावसायिक अकबरे खुर्सानी खेती गर्दै आएका छन् । अघिल्लो वर्ष अकबरे खुर्सानी बेचेर रु तीन लाख ५० हजार हात पारेका उनले यस वर्ष आम्दानी अझ बढाउने उद्देश्यका साथ खेती विस्तार गरेका थिए । राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बोट अकबरेको बिरुवा रोपेका थिए । तर एकाएक बोट मर्न थालेपछि लगानी नै नउठ्ने भएपछि उनी चिन्तित बनेका हुन् । 

“यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ”, उनले भने, “तर बोट हुर्किएर फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो । यसले गर्दा सबै लगानी डुब्यो ।”

प्रदीप जस्तै व्यावसायिक रूपमा खेती गरिरहेका त्यहाँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । अर्का किसान जीवन राईका अनुसार खुर्सानीमा फलमा फलमा डढुवा लाग्ने, कीरा लाग्ने, बोट पहेँलो हुने र कहिने समस्या देखिएको बताए।

“अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने आशाले अन्नबाली हुने बारीमा दुई हजार बोट अकबरे खुर्सानीको बोट रोपेको थिएँ”, उनले भने, “तर फल लाग्ने समयमा रोगको प्रकोप देखिएपछि उत्पादन लिनै नपाई अधिकांश बोट नष्ट भए । मिहिनेत र लगानी दुवै खेर गएपछि अहिले के गर्ने भन्ने चिन्ता थपिएको छ ।”

खुर्सानी पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्नेजस्ता रोग फैलिएपछि किसान समस्यामा परेको अर्की किसान कल्पना राईले बताए। रोगको सङ्क्रमण सुरु भएको एक महिनामा बारीको खुर्सानी पूर्ण रूपमा नष्ट भएको उनले बताए। 

रोगका कारण किसानको वर्षभरिको मिहिनेत खेर गएको उनको गुनासो छ । “यो वर्ष एकाएक खुर्सानीमा रोगको प्रकोप बढेको छ”, उनले भने, “फल लागेको खुर्सानीको बगान सखाप भयो, मिहिनेत सबै खेर गयो । अब अन्य बाली लगाउन थालेको छु ।”

यहाँ उत्पादित अकबरे स्थानीय बजारसहित झापाको दमक बजारमा पुग्ने गर्दछ । स्थानीय व्यापारीले प्रतिकेजी रु २०० देखि २५० सम्ममा बगानबाटै खरिद गरेर लैजाने गरेका छन् । इलाममा पछिल्लो समय परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दो छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

0 Comments