१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङ भन्सारद्वारा ११ अर्ब ४५ करोड राजस्व संकलन

अ अ+ अ-

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व संकलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी रु दुई अर्ब ४५ करोड ४७ लाख भन्सार राजस्व संकलन गर्न सफल भएको छ ।

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार चालु वर्षको साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमा कोरला नाकाबाट रु २६ अर्ब एक करोड २३ लाख मूल्य बराबरको मालवस्तु आयात भएको जानकारी दिए । त्यसैगरी, नेपालबाट भने रु २८ करोड ६३ लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निकासी भएको छ । यस अवधिमा मुस्ताङ भन्सार कार्यालयमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी)को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार अधिकृत सिंहले जानकारी दिए । गत वर्ष मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व संकलन गरेको थियो ।

दसैँअघि असोज २७ गतेसम्म कार्यालयले रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व संकलन गरेकामा दसैँपछि भने थप रु तीन अर्ब १२ करोड ६४ लाख राजस्व संकलन गरेको भन्सार अधिकृत सिंहले बताए। दसैँअघि कोरला नाकाबाट रु १० अर्ब ४० करोड ६९ लाख बराबरका चिनियाँ मालवस्तु कोरला नाका हुँदै नेपालतर्फ आयात भएकामा दसैँपछि भने थप रु छ अर्ब ७० करोड ५४ लाख मूल्य बराबरको चिनियाँ मालवस्तु नेपालतर्फ आयात भएको मुस्ताङ भन्सार कार्यालयले उल्लेख गरेको छ ।

त्यसैगरी, चालु वर्षको साउनदेखि असोज २७ गतेसम्म कोरला नाकाबाट तीन हजार ९२६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएकामा दसैँपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा विद्युतीय सवारीको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले जानकारी दिए । उनका अनुसार रसुवागढीनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द हुँदा कोरलानातर्फको निकासी तथा पैठारी कारोबार बढेको छ । रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढी घटनापछि त्यहाँबाट मार्ग परिवर्तन भई सयौँ कन्टेनरका मालवस्तु कोरला नाकाबाट पैठारी भएको हो ।

चीनतर्फको एकमात्रै वैकल्पिक नाकाका रूपमा स्थापित भइरहेको कोरला नाका हुँदै चीनबाट तयारी पोसाक, कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, औद्योगिक कच्चा पदार्थ खाद्यान्न, फलफूल, दसैँतिहारजस्ता चाडपर्व लक्षित सामग्रीका साथै विद्युतीय सवारी नेपालतर्फ पैठारी भइरहेको छ । नेपाल–चीन उत्तरी कोरला नाका गत वर्षको भदौ ३१ गते सरकारले पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो । 

0 Comments