काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलामा २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा कायम छ ।




