१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि

अ अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए । यसरी बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड र एनएमबि बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । कृषि विकास बैंकले १ अर्ब १ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन् । 

अधिकांश बैंकको नाफा बढ्दा केहीको घट्यो 
२० वाणिज्य बैंकमध्ये १० वटाले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नाफा वृद्धिका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार उल्लेख्य देखिएको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको ५८ करोड ८७ लाख रुपैयाँबाट बढाएर १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकको नाफा पनि ५७ करोड ३८ लाखबाट बढेर १ अर्ब ९ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ । यद्यपि, सबै बैंकको नाफा बढेको छैन। प्राइम कमर्सियल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबि बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ ।

अन्य बैंकमध्ये सिद्धार्थ बैंकले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, हिमालयन बैंकले ६८ करोड ४८ लाख र लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै, प्रभु बैंकले ६४ करोड ७४ लाख, नेपाल एसबीआई बैंकले ५५ करोड ८५ लाख, माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख र एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

0 Comments