१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन

अ अ+ अ-

तुलसीपुर (दाङ) । लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ । 

पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई दृष्टिगत गर्दै बाढी जोखिम न्यूनीकरण र पूर्वाधारको दिगो ‘डिजाइन’का लागि यो अध्ययन सुरु गरिएको हो । 

सूचना अधिकारी खुमानन्द वलीका अनुसार गएको आर्थिक वर्ष  २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन कार्य सम्पन्न गरिएको छ । यस अध्ययनले नौमुरे बाँध निर्माणपश्चात् पश्चिम राप्ती नदीमा सुक्खा याममा हुने पानीको अभाव र बर्खायाममा आउने बाढीको प्रभावकारी व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने सूचना अधिकारी वलीले बताए । 

नदी नियन्त्रण, पुल तथा अन्य हाइड्रोलिक संरचनाहरूको डिजाइनमा एकरूपता कायम भई दिगो र जलवायुमैत्री संरचनाहरू निर्माण हुने उनको भनाइ छ । हालसम्म निर्माण भएका नदी नियन्त्रण संरचनाहरूको संरक्षण र आगामी योजनालाई पारदर्शी एवं व्यवस्थित बनाउन ‘वेब’ आधारित सम्पत्ति व्यवस्थापन प्रणाली पनि तयार पारिएको छ । यस प्रणालीमार्फत हालसम्म बनेका संरचनाहरूको ‘डिजिटल’ अभिलेख, त्यसबाट समुदायमा पुगेको लाभ, आवश्यक थप संरचनाहरूको विवरण, लागत र प्राप्त हुने प्रतिफल समेटेर गतिशील गुरुयोजना तयार गरिनेछ ।

0 Comments