१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव

अ अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को नयाँ पैरवी प्रतिवेदनले नेपालका बालबालिकामा बढ्दो जलवायु र वातावरणीय जोखिम सम्बोधनका लागि बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सुझाएको छ ।

युनिसेफले आज सार्वजनिक गरेको प्रतिवेदनले नेपालका लाखौँ बालबालिका बढ्दो जलवायु, वातावरणीय तथा विपद्का जोखिमबीच हुर्किरहेकाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा तथा भविष्यमा गम्भीर असर गरिरहेकोतर्फ सचेत गराएको छ ।

प्रतिवेदनले जलवायु परिवर्तनले नेपालका बालबालिकाको बाल्यकाल तथा बालापन र भविष्यलाई कसरी प्रभावित गरिरहेको छ भन्ने देखाउँदै जलवायु नीति, बजेट तथा कार्यक्रममा बालबालिकालाई केन्द्रमा राखी तत्काल कदम चाल्न आग्रह गरेको छ ।

प्रतिवेदनका अनुसार नेपालमा ७३ लाख बालबालिका खडेरीको सम्मुखमा छन्, जसले खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा जोखिम सृजना गरिरहेको छ । 

यसैगरी, ५७ लाख बालबालिका अत्याधिक गर्मीको सम्मुखमा छन्, जसले उनीहरूको स्वास्थ्य, सिकाइ र दैनिकी प्रभावित गरिरहेको छ । यस्तै २९ लाख बालबालिका वर्षाका कारण हुने पहिरोको सम्मुखमा छन् ।

प्रतिवेदनमा जलवायु परिवर्तनबाट बालबालिका प्रत्यक्ष जोखिममा  परेका तथा उनीहरूका लागि अत्यावश्यक आधारभूत सेवामाथि पनि दबाब बढाइरहेको उल्लेख छ ।

“जलवायु संकट क्रमशः बाल अधिकार संकटका रूपमा परिणत हुँदै गएको छ”, युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले भने , “जलवायु परिवर्तनको समस्या सृजनामा बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरूले भोगिरहेका छन् हरेक बाढी, खडेरी, अत्यधिक गर्मी तथा प्रदूषणका घटनाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामाथि प्रत्यक्ष प्रभाव पारिरहेको छ ।”

प्रतिवेदनले जलवायु संकटको असर सबै बालबालिकामा समान रूपमा नभएको र गरिब परिवारका बालबालिका, बालिका, अपाङ्गता भएका बालबालिका, ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका बालबालिका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बस्ने बालबालिकाले तुलनात्मक रूपमा अत्यधिक जोखिम सामना गरिरहेको जनाएको छ ।

बालबालिका तथा युवामैत्री जलवायु कार्यमा एक महत्त्वपूर्ण कदम चाल्दै नेपाल सरकारले यही महिनामा सम्पन्न राष्ट्रिय जलवायु  सम्मेलनका अवसरमा ‘बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणापत्र’ औपचारिक रूपमा अनुमोदन गरेको छ ।

0 Comments