१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरलाई काठमाडौँले ९.४ ओभरमै हरायो

अ अ+ अ-

काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो ।

पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । पाँच खेल खेलिसकेको विराटगरको भने यो तेस्रो हार हो र समान ४ अंक भए पनि रनरेटका आधारमा पाँचौँ स्थानमा झरेको छ ।

काठमान्डुका लागि अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । २४ बल खेलेका २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अर्का अष्ट्रेलियन विलियम बोसिस्टोले २४ बलमा ३ चौका प्रहार गर्दै अविजित २३ रन बनाए । दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले अविजित ७९ रनको साझेदारी गरेका थिए । ओपनर साहिल पटेलले ११ बलमा १० रन बनाएर आउट भए ।

विराटनगरका लागि अपराजित पौडेलले १ विकेट लिए । त्यअसघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो ।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक २६ रन बनाए । रुपेशसँगै एन्जेलो म्याथ्युज र बसिर अहमदले मात्र विराटनगरका लागि दोहोरो अंकमा रन बनाउन सके । म्याथ्युजले ३१ बल खेलेर २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए ।

शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए भने इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता समेत खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

विराटनगरका लागि पहिलो विकेटका शेहान जयासूर्या र लोकेश बमले ११ रनको साझेदारी गरेका थिए । त्यसपछि साझेदारी गर्न संघर्ष गरेको विराटनगरले ३५ रनमै ७ विकेट गुमाएको थियो । एन्जेलो र रुपेशले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका हुन् ।

आठौं विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले गरेको साझेदारी नै सर्वाधिक रनको साझेदारी गरे ।

काठमान्डुका लागि युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सहान अराचिगेले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र देव शाहले १-१ विकेट लिए ।

0 Comments