काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत इलेक्ट्रिकल र लेखा समूहका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा दसौँ तहदेखि पाँचौँ तहसम्मका प्राविधिक तथा प्रशासन सेवाका विभिन्न स्थायी पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले दसौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ प्रबन्धक एक जना, आठौँ तहअन्तर्गत प्रशासन सेवातर्फ सहायक निर्देशक एक जना, आठौँ तहअन्तर्गत वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना र आठौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ सहायक प्रबन्धक तीन जना माग गरेको छ ।
यसैगरी, प्राधिकरणले सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदमा पनि दरखास्त आह्वान गरेको छ ।
त्यस्तै, विभिन्न प्रदेशका लागि मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजरलगायत पदमा समेत कर्मचारी माग गरिएको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजदेखि मंसिर ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :












