२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापनमा स्थानीय सरकार र संस्थाको भूमिका स्पष्ट हुनुपर्छ’ : निर्देशक डा. विष्ट

अ अ+ अ-

काठमाडौँ । डिसिए नेपालकी निर्देशक डा. सम्झना विष्टले विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय तहका सरकार तथा गैरसरकारी संस्थाहरूबीच जिम्मेवारी र भूमिका स्पष्ट हुनुपर्ने बताएकी छन् । 

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले विपद्का बेला मानवीय सहायता प्रभावकारी बनाउन तीनै तहका सरकार र सहयोगी संस्थाबीच समन्वय आवश्यक रहेको बताएकी हुन् । 

उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू नेपाल सरकारसँग सहकार्य गरेर काम गर्न आएको उल्लेख गर्दै नेपाल आफैँ आत्मनिर्भर भएर अघि बढ्न सक्ने अवस्था निर्माण गर्नु सबैको साझा प्रयास हुनुपर्ने बताइन् । डा. विष्टका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले स्थानीय संस्था र समुदायसँग मिलेर काम गर्दै आएका छन् । यस्ता सहकार्यको मुख्य उद्देश्य स्थानीयस्तरका साना संघ-संस्थाको क्षमता अभिवृद्धि गर्नु र स्थानीय सरकारसँग नजिक रहेर काम गर्नु रहेको उनले बताइन् । विपद्का बेला स्थानीय सरकारको भुमिकाबारे उठेका प्रश्नमा उनले स्थानीय जनप्रतिनिधि स्वयं पनि सुरुमा प्रभावित हुनसक्ने भएकाले तत्काल परिचालनमा केही कठिनाइ देखिन सक्ने बताइन् । तर स्थानीय नागरिकको अवस्था, आवश्यकता र पीडा बुझ्ने तथा उनीहरूसँग प्रत्यक्ष जोडिने निकाय स्थानीय सरकार नै भएकाले त्यसको योजना र नीतिलाई थप सशक्त बनाउन सहकार्य गर्न सकिने उनको भनाइ छ । उनले नीति तथा योजना बनाउने कामसँगै तिनको कार्यान्वयनमा लगानी गर्नुपर्नेमा जोड दिइन् । स्थानीय तहमा रहेका योजनालाई व्यवहारमा उतार्न आवश्यक बजेट, जनशक्ति, क्षमता र सरोकारवालाको भुमिकासमेत स्पष्ट पार्नुपर्ने उनले बताइन् । विपद् व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारबीच कतिपय जिम्मेवारी दोहोरिने गरेको उल्लेख गर्दै उनले कसले के काम गर्ने भन्ने स्पष्ट नहुँदा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई समेत काम गर्न कठिनाइ हुने गरेको बताइन् ।

विष्टले भनिन्, ‘अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू नेपाल सरकारसँग सहकार्य गर्दै काम गर्न आएका हुन् । दीर्घकालीन रूपमा नेपाल आफैँ आत्मनिर्भर र सक्षम बन्नु नै हाम्रो साझा उद्देश्य हुनुपर्छ । हामीले स्थानीय गैरसरकारी संस्था तथा साना संघ-संस्थासँग सहकार्य गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने गरेका छौँ । विपद्का बेला स्थानीय सरकार स्वयं पनि प्रभावित हुने भएकाले सुरुमा केही कठिनाइ देखिन सक्छन् । तर स्थानीय जनताको अवस्था, आवश्यकता र पीडा बुझ्ने सबैभन्दा नजिकको निकाय स्थानीय सरकार नै हो । स्थानीय तहमा नीति, योजना र कार्ययोजना पर्याप्त भए पनि तिनलाई कार्यान्वयन गर्न आवश्यक बजेट, जनशक्ति, प्राविधिक क्षमता र लगानीमा जोड दिनुपर्छ । यसमा स्थानीय तथा प्रदेशस्तरका सरोकारवालाहरूको भूमिका पनि स्पष्ट हुन आवश्यक छ । स्थानीय र प्रदेश सरकारका जिम्मेवारी कतिपय अवस्थामा दोहोरिने भएकाले कसले के काम गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ । यसले सरकारी निकायसँगै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई पनि प्रभावकारी रूपमा काम गर्न सहज बनाउँछ । विपद् व्यवस्थापनका लागि नीति र योजना बनाउनु मात्र पर्याप्त छैन । स्थानीय सरकार, स्थानीय संस्था, प्रदेश सरकार र अन्तर्राष्ट्रिय साझेदारहरू तत्काल परिचालित हुनसक्ने गरी पूर्वतयारी, क्षमता विकास र समन्वयलाई बलियो बनाउन आवश्यक छ । हामीसँग योजना मात्र होइन, विपद् आउँदा तत्काल कार्यान्वयन गर्न सक्ने संस्थागत क्षमता पनि हुनुपर्छ ।’

उनले विपद् आइपर्दा स्थानीय संस्था, स्थानीय सरकार, प्रदेश सरकार र अन्य सहयोगी सञ्जाल तत्काल परिचालित हुनसक्ने गरी तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औँल्याइन् । विपद् प्रतिकार्यका लागि नीति तथा योजना निर्माणसँगै संस्थागत क्षमता, स्रोत परिचालन र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन् ।

0 Comments