२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङको दुर्गम नौटुवा गाउँमा स्वास्थ्यको पहुँच

अ अ+ अ-

बागलुङ । बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका-१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारदेखि सञ्चालनमा आएको हो । 

बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिने वातावरण बनाएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । स्वास्थ्य सेवा लिन एक घण्टाभन्दा बढी पैदल हिँडेर दगातुन्डाँडा स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहँदै आएकामा नौटुवा क्षेत्रका नागरिकले गाउँमैसेवा पाउन थालेका उनले बताए।

अध्यक्ष अधिकारीका अनुसार स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि खोप सेवासहित आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयलाई सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख लागतमा गत वर्ष नै निर्माण भएको भवनमा नगरपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्था मिलाएको छ ।

स्वास्थ्य इकाइमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी बनाएर सेवा दिन थालिएको हो ।  यसअघि खोप केन्द्रका रूपमा रहेको उक्त स्थानबाट अब बर्थिङ सेवाबाहेक अन्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीय खुसी भएका छन् । स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्‍याउने गाउँपालिकाले स्वास्थ्य चौकीको पहुँच टाढा रहेको स्थानमा स्वास्थ्य इकाइ स्थापना गरेको हो । 

0 Comments