२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारमा विद्युत् अभाव नहुने प्राधिकरणको प्रक्षेपण, चौबीसै घण्टा प्राविधिक टोली परिचालन

लक्ष्मीपूजामा विद्युत्को माग एक हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण

अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न विशेष व्यवस्थापन गरेको छ । लक्ष्मीपूजाका दिन विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गर्दै प्राधिकरणले सम्भावित प्राविधिक अवरोध तत्काल समाधान गर्न चौबीसै घण्टा जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाएको हो ।

प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । सोही अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । अनुमानित मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने भएकाले आन्तरिक उत्पादनबाटै माग धान्न सकिने प्राधिकरणको आकलन छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन निर्देशन दिएपछि प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीको निगरानी र सम्भावित समस्या समाधानका लागि तयारी तीव्र बनाएको हो ।

मन्त्री श्रेष्ठले गत बुधबार प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहित उच्च अधिकारीहरूलाई विद्युत्को माग र आपूर्तिको पूर्वानुमानका आधारमा आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका थिए । उनले उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्ने संयन्त्र प्रभावकारी बनाउनसमेत जोड दिएका थिए । 

मन्त्रीको निर्देशनपछि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको वरिष्ठ व्यवस्थापन टोली तथा प्रादेशिक कार्यालय प्रमुखहरूबीच छलफल भएको छ । बैठकमा विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण एवं ग्राहक सेवा निर्देशनालयअन्तर्गतका कार्यालयसँग समन्वय गरी आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मत गरी सेवा सञ्चालन गर्न तथा प्रसारण लाइन र वितरण प्रणालीको नियमित निरीक्षण गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै, विद्युत् अवरुद्ध भएको जानकारी दिन सञ्चालनमा रहेका ‘नो लाइट’ सेवाका फोन अनिवार्य उठाउने र उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

प्राधिकरणले चाडपर्वका समयमा विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरण गर्न उपभोक्तालाई सावधानी अपनाउन पनि आग्रह गरेको छ । घरमा प्रयोग हुने तार, बत्ती तथा अन्य विद्युतीय उपकरणको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगर्न अनुरोध गरिएको छ ।

विद्युत्सम्बन्धी समस्या आए दक्ष प्राविधिकको सहयोग लिन तथा आपूर्ति अवरुद्ध भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले आन्तरिक उत्पादन पर्याप्त हुने प्रक्षेपण गरे पनि नियमित विद्युत् आपूर्ति कायम राख्न प्रसारण तथा वितरण प्रणालीको प्रभावकारी सञ्चालन र सम्भावित प्राविधिक समस्याको समयमै समाधान आवश्यक हुनेछ ।

0 Comments