२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै दुई थुनुवा फरार

अ अ+ अ-

काठमाडौँ । डोल्पाको दुनैस्थित कारागार कार्यालयबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरू पक्राउ परेसँगै कारागारबाट फरार भएका आठ जनामध्ये ६ जना प्रहरीको नियन्त्रणमा आएका छन् भने दुई थुनुवा अझै फरार छन्।

प्रहरीका अनुसार पछिल्लो पटक पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका-१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ घर भएका २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा रहेका छन्।

प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित रंग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका विकलाई १२ वर्ष कैद सजाय तोकिएकोमा १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। त्यस्तै, बुढालाई पनि १२ वर्ष कैद सजाय तोकिएकोमा नौ वर्ष पाँच महिना कैद भुक्तान गर्न बाँकी छ।

कारागारबाट फरार भएपछि उनीहरूको खोजीमा रहेको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार दुनै कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन्। बाँकी दुई थुनुवाको खोजी जारी राखिएको छ।

कारागारबाट उनीहरू फरार भएको समय, परिस्थिति तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे भने पछिल्लो विवरणमा खुलाइएको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

0 Comments