२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउसी-भैलो खेल्न २४ घण्टा अनुमति, गृह मन्त्रालयले तोक्यो सात सर्त

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै देउसी-भैलो कार्यक्रम सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएको छ।

अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्धारित सर्त पालना गरी देउसी-भैलो खेल्न दिन निर्देशन दिएको हो।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत चाड तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम अनुशासित रूपमा २४ घण्टा सञ्चालन गर्न दिन भनिएको छ।

मन्त्रालयले यसअघि असोज २४ गते जारी गरेको सूचनाको पूर्ण पालना गराउनसमेत प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। देउसी-भैलो सञ्चालनका क्रममा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक मर्यादामा प्रतिकूल असर पर्न नदिन सातबुँदे सर्त तोकिएको छ।

परिपत्रअनुसार देउसी-भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेछ। कार्यक्रममा सहभागी हुने वा नहुने विषय व्यक्तिको इच्छामा निर्भर हुने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ।

त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिंग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नाराको प्रयोग गर्न निषेध गरिएको छ।

मन्त्रालयले चाडपर्व मनाउने क्रममा जुवा तथा तास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न र मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन निर्देशन दिएको छ।

अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्नसमेत भनिएको छ। विशेष गरी अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा शान्ति कायम राख्न मन्त्रालयले आग्रह गरेको छ।

सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ। देउसी-भैलो खेल्ने क्रममा जथाभाबी फोहोर नगर्न मन्त्रालयले निर्देशन दिएको छ।

देउसी-भैलो तथा चाडपर्व मनाउने क्रममा कुनै शंकास्पद गतिविधि देखिए, दुर्घटना भए वा अन्य समस्या उत्पन्न भए तत्काल प्रहरी नियन्त्रण कक्षको १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

गृह मन्त्रालयका शाखा अधिकृत आनन्द देश न्यौपानेद्वारा हस्ताक्षरित परिपत्रमा सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुरक्षा समन्वय र व्यवस्थापन मिलाउन भनिएको छ।

0 Comments