२३ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईटीयू महासम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सञ्चारमन्त्री तिमिल्सिना दोहामा, मन्त्रीस्तरीय बैठकमा सहभागी

विश्व दूरसञ्चार नीति र डिजिटल प्रविधिको भविष्यबारे छलफल हुने सम्मेलनका क्रममा मन्त्री तिमिल्सिनाले कतारस्थित नेपाली दूतावासको सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

अ अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न कतार पुगेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका छन्। नोभेम्बर ९ देखि २७ सम्म दोहामा सञ्चालन हुने आईटीयूको पूर्णाधिकार सम्मेलन (पीपी-२६) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यहाँ पुगेका हुन्।

नोभेम्बर ७ मा दोहा पुगेका मन्त्री तिमिल्सिनालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राईसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

नेपाली राजदूतावासका अनुसार मन्त्री तिमिल्सिनाले आइतबार कतारका सञ्चार तथा सूचना प्रविधि मन्त्री र सञ्चार नियामक प्राधिकरणद्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच बैठकमा सहभागिता जनाएका थिए। बैठकमा विभिन्न मुलुकका मन्त्रीहरूबीच दूरसञ्चार क्षेत्रका साझा चुनौती, नीतिगत प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो।

गोलमेच बैठकमा महासम्मेलनको प्रमुख कार्यसूचीका साथै प्रस्तावित दोहा घोषणापत्रमा समेटिने विषयबारे समेत विचार आदानप्रदान गरिएको थियो। मन्त्री तिमिल्सिनाले सोही दिन दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजित प्रतिनिधिमण्डल प्रमुखहरूको अनौपचारिक बैठकमा पनि सहभागिता जनाएका थिए।

कतार भ्रमणका क्रममा उनले दोहास्थित नेपाली राजदूतावासको निरीक्षण गरी दूतावासबाट प्रवाह भइरहेका सेवा तथा नेपाल–कतार द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी लिएका छन्। कार्यवाहक राजदूत राईले दूतावासका गतिविधि र नेपाली नागरिकलाई उपलब्ध गराइँदै आएका सेवाबारे जानकारी गराएका थिए।

मन्त्री तिमिल्सिनाले कतारमा रहेका नेपाली नागरिकलाई प्रदान गरिने सेवा छिटोछरितो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन दूतावासका अधिकारीहरूलाई निर्देशन दिए। उनले सेवा प्रवाहमा सूचना प्रविधिको उपयोग बढाएर प्रशासनिक प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिएका थिए।

उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारलगायत त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँग समेत अन्तरक्रिया गरेका छन्। भेटघाटमा प्रवासी नेपालीका सरोकार र दूतावासबाट उपलब्ध हुने सेवासम्बन्धी विषयमा छलफल भएको थियो।

महासम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, कार्यवाहक राजदूत कुमार राईलगायत सरकारी अधिकारीहरू सहभागी छन्।

हरेक चार वर्षमा आयोजना हुने आईटीयू महासम्मेलन संघको सर्वोच्च नीति निर्माण गर्ने मञ्च हो। सम्मेलनले अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको दिशा निर्धारण गर्नुका साथै रणनीतिक तथा वित्तीय योजना पारित गर्ने र संघको नेतृत्व चयन गर्ने अधिकार राख्छ। यसपटक महासम्मेलनले सन् २०२८ देखि २०३१ सम्मको रणनीतिक तथा वित्तीय योजनाबारे निर्णय गर्नेछ। 

सम्मेलनमा डिजिटल पहुँच विस्तार, सञ्चार पूर्वाधारको सुरक्षा, उदीयमान प्रविधिको उपयोग तथा अन्तर्राष्ट्रिय दूरसञ्चार सहकार्य प्रमुख कार्यसूचीमा छन्। महासम्मेलनले आईटीयूको उच्च नेतृत्वका साथै ४८ सदस्यीय परिषद् र रेडियो नियमावली बोर्डका १२ सदस्यसमेत चयन गर्नेछ। 

नेपालको सहभागिताले अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा आफ्नो सरोकार प्रस्तुत गर्न तथा डिजिटल पूर्वाधार विकास र प्रविधि विस्तारका क्षेत्रमा अन्य मुलुकसँग सहकार्य बढाउन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

0 Comments