२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ’: सभामुख अर्याल

अ अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् ।

मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्नु महत्त्वपूर्ण उपलब्धि भएपनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवत् वर्ष गणना गर्ने आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको उल्लेख गरे ।

नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्पष्ट नीति, आवश्यक बजेट र कार्ययोजना बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको योगदान सामाजिक न्याय र लोककल्याणको अनुपम उदाहरण भएको सभामुख अर्यालले बताए। शङ्खधर साख्वाको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितमा काम गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले उक्त मूल्यलाई आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा समेत आत्मसात् गर्नुपर्नेमा जोड दिए । सभामुख अर्यालले नेपाल संवत् आन्दोलनले भाषा, लिपि र संस्कृतिको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

सभामुख अर्यालले भने, ‘नेपाल सम्वत केवल वर्ष गणना गर्ने आधार मात्र नभई हाम्रो ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक हो । यसका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले आफ्नो सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको योगदान सामाजिक न्याय र परोपकारको अनुपम उदाहरण हो । उनको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितमा काम गर्नुपर्ने प्रेरणा दिएको छ । यस मूल्यलाई आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा आत्मसात् गर्न आवश्यक छ । नेपाल सम्वत आन्दोलनले भाषा, लिपि, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यसका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्छ । नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिनु महत्त्वपूर्ण उपलब्धि हो । तर यसको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा समेत विस्तार गर्न आवश्यक छ । साथै, शङ्खधर साख्वा:को योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाल भाषा तथा लिपिको संरक्षण गर्न राज्यले प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्छ ।’

उनले शङ्खधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा नेपाल भाषा र नेपाल लिपिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। आधुनिक विकाससँगै मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले विविधताबीचको एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। नेपाल संवत् ११४७ ले नेपालीबीच नयाँ उत्साह, एकता, समृद्धि र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

0 Comments