२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमफेदी दुर्घटनामा ज्यान गुमाउने सबै सर्लाहीका, एउटै टोलका यात्रु चढेको ईभी ५०० मिटर तल खसेको खुलासा

काठमाडौंमा रहेका आफन्तसहित छठ मनाउन गाउँ फर्किंदै गरेका यात्रु दुर्घटनामा परेपछि सुन्दरपुर शोकमा, १० जनाको शव निकालियो, ६ घाइतेको उपचार हुँदै

अ अ+ अ-

सर्लाही । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु भएका १० जना सर्लाहीका रहेको विवरण सार्वजनिक भएको छ। काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरतर्फ आउँदै गरेको ईभी गाडी भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खसेको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे म.प्र. ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी गाडी दुर्घटनामा परेको हो। बिहान ५ः५५ बजे दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार उद्धारका क्रममा हालसम्म १० जनाको शव निकालिएको छ। मृत्यु हुनेमा पाँच महिला र पाँच पुरुष रहेका छन्। दुर्घटनामा घाइते भएका ६ जना पुरुषलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित प्रादेशिक अस्पताल पठाइएको छ।

प्रहरीले प्रारम्भिक रूपमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको अनुमान गरेको थियो। तर मृतक र घाइतेको हालसम्म प्राप्त विवरणअनुसार दुर्घटनामा परेका व्यक्तिको सङ्ख्या १६ पुगेको छ। गाडीमा सवार यात्रुको वास्तविक सङ्ख्या अझै यकिन भइनसकेको एसपी खत्रीले जानकारी दिएका छन्।

घाइतेमध्ये तीन जनाको विवरण प्राप्त
हेटौँडास्थित प्रादेशिक अस्पतालमा उपचाररत ६ जना घाइतेमध्ये तीन जनाको परिचय र स्वास्थ्य अवस्थाबारे विवरण प्राप्त भएको छ।

डीएसपी काफ्लेका अनुसार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका करिब ३३ वर्षीय मुकेश यादवको टाउको र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।

त्यस्तै, गुड्डु यादवका पाँच वर्षीय छोरा सक्षम कुमार यादवको शरीरमा भित्री चोट लागेको छ। उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

सोही स्थानका तीन वर्षीय सुदन यादवको टाउको र मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले जानकारी दिएका छन्।

अस्पतालमा उपचाररत अन्य तीन जना घाइतेको विस्तृत विवरण प्राप्त हुन बाँकी छ। मृतकहरूको पनि व्यक्तिगत परिचय खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

एउटै टोलका यात्रु दुर्घटनामा, सुन्दरपुर गाउँ शोकमा
दुर्घटनामा परेको गाडीमा सवार यात्रुहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरको एउटै टोलका रहेको स्थानीयले बताएका छन्।

सुन्दरपुरका स्थानीय युवा नेता विजय साह तेलीका अनुसार गाडीमा सवार सबै यात्रु यादव समुदायका तथा एउटै टोलका बासिन्दा हुन्। उनीहरू छठ पर्व मनाउन काठमाडौँबाट आफ्नो गाउँ फर्किंदै गर्दा दुर्घटनामा परेका थिए।

दुर्घटनामा एकै टोलका व्यक्तिहरूको मृत्यु भएको खबर गाउँमा पुगेपछि सुन्दरपुर शोकमा डुबेको छ। स्थानीय बासिन्दा मृतक तथा घाइतेको विस्तृत विवरणको प्रतीक्षामा रहेका छन्।

तेलीका अनुसार दुर्घटनाको जानकारी पाएलगत्तै चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णदेव यादव र वडा नम्बर ३ का वडाध्यक्ष दिनेश साहलगायतको टोली बिहीबार बिहानै घटनास्थलतर्फ प्रस्थान गरेको थियो।

प्रहरी प्रमुख घटनास्थलमै, सेना र सशस्त्र प्रहरी पनि उद्धारमा
दुर्घटनास्थल भिरालो क्षेत्रमा रहेकाले सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

डीएसपी काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।

मकवानपुरका प्रहरी प्रमुख एसपी खत्री स्वयं प्रहरी टोलीसहित घटनास्थलमा पुगेर उद्धार कार्यको नेतृत्व गरिरहेका छन्। दुर्घटनामा परेका अन्य यात्रुको अवस्था पत्ता लगाउने तथा मृतक र घाइतेको पूर्ण विवरण सङ्कलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रारम्भिक विवरण प्राप्त भए पनि दुर्घटना कसरी भयो भन्ने विषय यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

0 Comments