काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छन् ।
उनले थप उपचारका लागि केही घाइतेलाई भारत पठाउने प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिइन् ।
घाइतेको उपचारबारे सामाजिक सञ्जालमा उठेका चासोलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रचलित कानुनी व्यवस्थाअनुसार उपचार भइरहेको र त्यसको खर्च भुक्तानी तथा शोधभर्नाको प्रक्रिया मन्त्रालयमार्फत अघि बढाइने बताइन् । आर्थिक अभावका कारण कुनै पनि घाइते आवश्यक उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता पनि उनले जनाइन् ।
त्रिवि शिक्षण अस्पतालमा घाइते शान्तनु ढकालको शल्यक्रिया भइरहेको र त्यसबारे आफूले निरन्तर जानकारी लिइरहेको मन्त्री मेहताले उल्लेख गरेकी छन् ।
भारतमा थप उपचार आवश्यक भएका घाइतेको उपचार व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताइन् ।





